Press ESC to close

प्रहरीले महानगरलाई हस्तक्षेप गरेर मारवाडी सेवा समितिलाई संरक्षण गरेको बालेनको आरोप

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रहरीले आफूहरूलाई सहयोग नगरेको आरोप लगाएका छन्। नियमअनुसार पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई साथ दिएको आरोप उनले लगाएका छन्।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना जग्गा वर्षौँदेखि थोरै भाडा तिरेर कब्जा गर्दै आएको छ। अदालतले उक्त जग्गामा समितिको दाबी पुग्दैन भने पनि कोषले धर्मशालाको जिम्मेवारी महानगरलाई दिएको छ, जसले असहायहरूलाई निःशुल्क खाना र औषधोपचार उपलब्ध गराउन खोजिरहेको छ। तर, महानगरले संरचना जोगाउन खोज्दा नेपाल प्रहरीले हस्तक्षेप गर्दै समितिलाई संरक्षण गरेको छ। यसले देखाउँछ कि देश यस्तै समितिहरूले चलाइरहेको रहेछ।’

मंगलबार महानगर र कोषबीच सात बुँदे सहमति भएपछि धर्मशालाको व्यवस्थापनको जिम्मा महानगरले पाएको थियो। तर, बुधबार धर्मशाला खाली गराउन जाँदा समितिका पदाधिकारीहरूले विरोध गरेका थिए भने बालेनले प्रहरीले पनि उनीहरूलाई साथ दिएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *