
चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेले सहकारी ठगी गरेको कुनै प्रमाण नभेटिएको बताएका छन्।
प्रचण्डका अनुसार, आफू प्रधानमन्त्री हुँदा संसदको रोष्टमबाट जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेबारे कुनै प्रमाण भए अनुसन्धान गर्ने निकायलाई दिन भनिएको थियो। तर, तीनवटै सुरक्षा निकाय र पोखराको प्रहरीले प्रमाण नभएको जानकारी दिएको प्रचण्डले बताए।
चितवनमा आज आयोजित एक कार्यक्रममा, प्रचण्डले संसदमा लामिछानेलाई गलत ढंगले क्लीन चीट दिएको नभई, प्रमाण नभएको कुरामात्रै बताएर स्पष्टीकरण दिएको दाबी गरे।
पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन।’
गोर्खा मिडिया नेटवर्कसम्बन्धी केही कुरा उठे पनि, पोखराको अदालतले रवि लामिछानेलाई दोषी नभएको र समाउन आधार नभएको भनेको आफूले सुनेको बताए।
त्यसैगरी, रवि लामिछाने, बालेन शाह, र दुर्गा प्रसाईंहरुलाई आफूले चलाएको भन्ने प्रधानमन्त्री केपी ओलीको आरोपबारे प्रतिक्रिया दिंदै, प्रचण्डले भने, उनीहरु निर्वाचित भएदेखि नै आफूले लोकतन्त्रका नयाँ फूलहरु भनेर संरक्षण गर्नुपर्छ भनेको र त्यसमा आफू अझै दृढ रहेको बताए।
👇 Listen Audio
Leave a Reply