Press ESC to close

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा अन्ततः सधैंका लागि टुंगियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने संलग्न भएको बलात्कारसम्बन्धी मुद्दा अन्ततः सधैंका लागि टुंगिएको छ। उच्च अदालतले गरेको फैसलाविरुद्ध अब सर्वोच्च अदालतमा पुनरावेदन नहुने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले फैसलाको पूर्णपाठ स्वीकार गर्दै पुनरावेदन नगर्ने निर्णय गरेपछि यो मुद्दा बन्द भएको हो। उच्च अदालतले लामिछानेलाई पूर्णरूपमा सफाइ दिएको थियो। सरकारसँग सर्वोच्च जाने अन्तिम विकल्प भए पनि, महान्यायाधिवक्ता कार्यालयले त्यसको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ।

उच्च सरकारी वकिल कार्यालयले पुनरावेदनको सुझाव दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने ठहर गरेको हो। सरकारको वादी भएका मुद्दामा अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्ता कार्यालयको हातमा हुन्छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सन्दीप लामिछानेको मुद्दा अब समाप्त भएको बताएका छन्।

उच्च अदालतको फैसला बुझेको मितिले १०० दिनभित्र पुनरावेदन गर्नुपर्ने समयसीमा भए पनि सन्दीपले पूर्ण सफाइ पाएकाले पुनरावेदनको आवश्यकता थिएन। जाहेरीकर्ता गौशाला-२६ स्वयम्‌ले पनि फैसलाको पूर्णपाठ आएपछि मुद्दालाई थप नलम्ब्याउने निर्णय गरेकी थिइन्। उनले सरकारी वकिल कार्यालयलाई पुनरावेदन नगर्न आग्रह गर्दै निवेदन दिएकी थिइन्। उनी हाल विदेश प्रस्थान गरिसकेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *